हुलाकी सडक निर्माण: गजुरमुखिको चरम लापरर्वाही

रंगेली । बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्डको रतुवामाई नगरपालिका ३ स्थित रतुवाखोला देखि चौकिघाट हुदै बलुवाटारसम्मको कममा ठेकेदार कम्पनीको चरम लापर्वाही रहेको पाइएको छ ।

सो क्षेत्रमा सडक चौडाई पार्ने क्रममा सडकको दायाँबायाँ माटो हालेर चौडा पार्ने भएता पनि गजुरमुखी मोतीदान जेभिले भने माटो हाल्नु पर्ने ठाउँमा बालुवा हालेर सडक निर्माण गरिरहेको भेटिएको छ । यति खेर हुलाकी सडकको द्रुत गतिमा निर्माणकार्य भएता पनि ठुला कम्पनीहरुले सडक निर्माणकार्यमा इस्टिमेटभन्दा कम्जोर काम गर्ने गरेका छन् ।

महत्वपूर्ण काममा चरम लापर्वाही हुदा समेत स्थानीय स्तरका जनप्रतिनिधिहरु भने बेखर बन्ने गरेका छन् । तिव्र गतिमा निर्माण भइरहेको सडकको कामका बारेमा जनप्रतिनिधिहरुको बेवास्ताका कारण नै निर्माण कम्पनीहरुले मनोमानी गरिरहेको स्थानीयको बुझाइ छ । यसरी खोलाको बगर देखि २ किलोमिटरसम्म सडकको दायाँबायाँ बालुवा हालेर काम गरिरहेको छ । माटो हाल्ने ठाउँमा बालुवा हालेर काम गर्दा वर्षाको समयमा बलुवा बग्ने हुनाले सडक जोखिममा पर्ने स्थानीय अंकुश मंण्डलले बताए ।

यस विषयमा गजुरमुखी निर्माण कम्पनीका प्रमुख दिपक गौतमलाई बुझ्दा आफुलाई कुनै जानकारी नभएको भन्दै पन्छिन खोजेका छन् । उक्त कम्पनीले रतुवा डाइनिया रंगेली सेक्सन खण्ड कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । दुई खण्डमा गरि सो सडक कालोपत्रे गर्न ७७ करोड ६७ लाख ६५ हजार ८ सय ४२ रुपैयाँमा ठेक्का पाएको छ ।