चुनावमा ओलीलाई म टिकट दिन्छु: माधव नेपाल

पोखरा । नेकपा एमालेका नेता माधव कुमार नेपालले अबको निर्वाचनमा ओलीलाई आफुले टिकट दिने बताएका छन । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले भने ‘भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौं टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौं’ ।

उनले अघि भने, ‘घोषणा गरुन् त चुनाव ‘ । उनले जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरु पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रष्ट पारे । नेता नेपाल देशव्यापी संगठन बनाउने अभियानमा अहिले हिँडेका छन ।