मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । मोरङ रतुवामाई नगरपालीका ३ बस्ने ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधवार बेलुका ५ बजे सोही स्थानमा मे११प ५४५५ नम्बरको मोटरसाईकलले पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिई घाईते बनाएको थियो ।

घाईतेको रंगेली अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सोही स्थानका अक्षय कुमार ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।