बेलबारीमा चैत २० गते देखी हात्तीपाइले विरुद्धको औषधी खुवाइने

           

बेलबारी यहि चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान बसुरु गरिने भएको छ । बेलबारी नगरभित्र औषधी खुवाउनुपर्ने संख्या ६६ हजार भन्दा धेरै रहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार अभियानमा ६० जना स्वास्थ्यकर्मी र ३५ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन हुने छन । स्वास्थ्य स्वयंसेविकाहरुलाई भने टोल टोलमा गएर सुचना प्रवाह गराउने र घरघरमै गएर स्वास्थ्यकर्मीहरुले औषधी खुवाउने स्वास्थ्य शाखाका प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । २ बर्षभन्दा मुनि,गर्भवति, र ७ दिनका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामी बाहेकका अन्य जोसुकैलेपनि औषधी सेवन गर्न मिल्ने स्वास्थकर्मीहरुको भनाई रहेको छ । यसैविच राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान २०७७ अन्तर्गत बेलबारी नगरपालिकामा स्थानिय तह स्तरिय योजना तथा बहुनिकाय सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोस विश्वकर्माले हात्तीपाइले रोग,यसको असर,औषधी तथा उपचार लगायतबारे जानकारी गराउनुभएको थियो ।