एकिकरण पछिको पन्चदीप साकोसको प्रथम साधारणसभा

मोरङको बेलबारी २ मा रहेको पन्चदीप बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । बेलबारी २ मा रहेका ५ वटा सहकारी एकिकरण पछि बनेको पन्चदीप साकोसको पहिलो साधारणसभा सनिबार शिक्षा सन्देस स्कूलमा सम्पन्न भएको हो ।
साधारणसभाले लक्ष्मण थापाको अध्यक्षतामा ११ सदसिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सिताराम न्यौपाने, सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा भिम कुमारी मगर, सहसचिवमा पुष्पराज भण्डारी चयन भएको गणेश प्रसाद दाहाल संयोजक रहेको निर्वाचन समितिले जानकारी दिएको छ । अन्य सदस्यहरुमा राजु परियार, भुपाल बस्नेत, राजेन्द्र प्रसाद गिरी, दिलकुमारी नेम्हाङ, बिन्दा दाहाल र टोमा नेपाल चयन भएका छन । समितिका सबै सदस्यहरु निर्विरोध चयन भएका हुन ।
नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालयद्वारा जारी गरिएको सहकारी ऐन २०७४ को प्रावधान अनुसार एक ब्यक्ति एक सहकारीलाई पुरा गर्न बेलबारी २ का ५ वटा सहकारीहरुले एकिकरण गरेका हुन । गोल्डेन फ्युचर, सयपत्री, कबीर, संरक्षण र लालभित्ति साकोसको एकिकरण पछि पन्चदीप साकोस बनेको हो ।
बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता तथा साकोसका अध्यक्ष थापाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको छ ।