सुन्दरहरैचा नगरपालिकाद्वारा होलि पर्व मनाउनमा रोक

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले सामुहिक होलि खेल्न रोक लगाएको छ । शुक्रबार नगरपालिकाले एक विज्ञप्ति निकाल्दै देश भर पुन: कोरोना भाइरसको सक्रमण बढ्दै गएको कारण होली पर्व नमनाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ” यस नगरमा पनि ४ जना व्यक्तीहरुमा नया प्रकृतिको कोरोना भाइरसको सक्रमण देखा परेको छ । नगरले सामाजिक रितिसिवाज अनुसार घरमा नै बसेर होली पर्व मनाउन समेत आग्रह गरेको छ ।