सुन्दरहरैचा नगरपालिका भन्छ: विधालय सञ्चालन गर्नुहोस

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले आफू मातहतमा रहेका सबै विधालय सञ्चालन गर्न आग्रह गारेको छ । मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै नगरपालिकाले भनेको छ ” कोरोना कहरको कारण लामो समय विधार्थीहरुको पठनपाठनमा अवरोध सिर्जना भएको र यस शैक्षिक सत्रमा पठनपाठन पूरा गर्ने समय न्यून रहेकोले विधालय पुन सञ्चालन गर्न आग्रह गरिएको छ ।

सुन्दरहरैचा नगरपालिकाको छैठौ शाखा अधिकृत (शिक्षा) लिला ओझाको अनुसार विधालयले विधार्थीहरुको लागि सुरक्षा मापदण्ड अपनाएर विधालय पुन सुचारु गर्न आग्रह गरेको हो ।

चैत्र १६ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वायु मण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिमा देश भरका विधालय बन्द गर्न आग्रह गरेको थियो । तर देश संघियतामा गए सगै स्थानिय तहले आफ्नो अधिकार प्रयोग गर्दै आफू मातहतका विधालय सञ्चालन गर्न आग्रह गर्दै आईरहेको छ ।