राजनितिका चतुर खेलाडी ओझा , गुट परिवर्तन गरि मन्त्री पदमा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित सदस्यको सपथग्रहण आजै दिउँसो १ बजे हुनेछ ।

विस्तारित मन्त्रीमण्डलमा सङ्कटको बेला सहयोग गरेकालाई प्राथमिकता दिइएको छ । गुट परिवर्तन गरेकी उदयपुरकी सांसद कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ ।

ओझा प्रदेश सभा निर्वाचनमा एमालेको सांसद पद भागबन्डामा माधव समुहबाट सिफारिस भएका थिए । निर्वाचन जिते लगतै उनले माधव समूह छाडी ओली समुहमा प्रवेश गरेका थिए ।

प्रदेश सांसद भए लगतै उनले स्वकिय सचिवमा मिलन बस्नेतलाई सिफारिस गरेका थिए । तर बस्नेत माधव समुहका एक लगनशिल विधार्थी नेता भएकै कारण केही समय पछि ओझाले बस्नेतलाई हटाएर उनको स्थानमा मिलन घिमिरेलाई स्वकिय सचिवमा राखेका थिए ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार टङ्क आङ्बुहाङ, उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादी केन्द्र छाडेका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ । उनी छ महिने मन्त्री बन्नेछन् । ओली समूहमा लागेकी प्रदेशसभा सदस्य उषाकला राईले सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

माधव नेपाल समूहबाट ओली समूहमा लागेका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना मन्त्रीमा बढुवा भएका छन् । मुख्यमन्त्रीका निकट सहयोगी अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन् ।

गत पुस १२ गतेयता मुख्यमन्त्री राईले मुख्यमन्त्रीसहित चारवटा र हिक्मतकुमार कार्कीले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए ।

विस्तारपछि प्रदेश मन्त्रिपरिषद् नौ सदस्यीय हुनेछ । पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा तत्कालीन प्रचण्ड–माधव समूहका नेता तथा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए ।