दुवै मृगाैला फेल भएका साैरवलाई काेरियाबाट ४ लाख सहयाेग

तेह्रथुम । तेह्रथुम छथर गाउँपालिका – ६ सुदापका दुवै मृगाैला फेल भएका साैरव अांखेवालाई एक कार्यक्रमका बीच सहयाेग रकम हस्तान्तरण गरिएकाे छ ।

अार्थिक अभावका कारण उपचार गर्नका लागि समस्यामा परेका साैरवलाई काेरियामा रहेका नेपालीहरुद्वारा सन्ताेष अाँखेवाकाे संयाेजकत्वमा गठन गरिएकाे साैरव अांखेवा बचाअाैँ अभियान अन्तर्गत संकलित काेरियाकाे रकम रू ४,३७,०००।- वन हस्तान्तरण गरिएकाे बचाअाैँ अभियान काेरिया प्रतिनिधि देव लिम्बुले जानकारी गराउनु भएकाे छ ।

बचाअाैँ अभियान अन्तर्गत संकलित नेपाली रूपैयाँ रु.४ लाख ४८ हजार ५ सय २४ रुपैयाँ छथर गाउँपालिका अध्यक्ष सन्ताेष तिगेला र बचाअाैँ अभियान काेरिया प्रतिनिधि देव लिम्बुले पिडित साैरवकाे दाजु सुजन अाँअेवा, साैरव लिम्बू बचाअाैँ अभियान टाेलीका संयाेजक नेत्र कट्टेल र वडा नं . ६ का वडा अध्यक्ष टेकराज अांखेवालाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएकाे थियाे ।

दुवै मृगाैला फेल संगै अार्थिक अभावका कारण उपचारमा समस्या परेका साैरव विभिन्न सञ्चार माध्यमद्वारा समाचार प्रकाशन र प्रशारण संगै सहयाेग रकम जुट्न थालेकाे हाे ।

साैरवलाई अाफ्नै बुबा भक्त ब. लिम्बुले मृगाैला दिने भएकाे हुनाले दुवै जनालाई भक्तपुर मानव अंग प्रत्याराेपण केन्द्र अस्पतालमा राखीएकाे छ । मृगाेैला पिडिड साैरवलाई हाप्ताकाे २ पटक डाईनाेसिस सुमेरु अस्पताल ललितपुरमा गरिन्दै छ ।

मृगाैला दिने बुबाकाे हाेलबडी चेक गरी क्रस म्याच चेककाे पर्खाईमा रहेकाे दाजु सुजन अांखेवाले बताएका छन् ।