सुन्दरहरैंचा पत्रकार समुहद्वारा शैक्षिक सामग्री वितरण

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा ७ गोठगाउँ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सुन्दरहरैंचा पत्रकार समुहले शैक्षिक सामग्री वितरण गरेको छ ।

पत्रकार समूहले बुधबार एक कार्यक्रमकाे आयाेजना गरि विद्यालयमा पढने ससाना नानीहरुलाई हाैसला दिने उदेश्यले शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्री वितरणकाे कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नं ७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाले विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन साथै आवश्यक सहयोग गर्न सधै तयार रहेको बताए । उनले सुन्दरहरैंचा पत्रकार समूहले विद्यार्थीहरु लाई वितरण गरेको शैक्षिक समाग्री महत्त्वपूर्ण भएको साथै यसबाट अरुले पनि समाजमा राम्रो काम गर्न अघि बढ्नु पर्ने धारणा राखेका थिए।

कार्यक्रममा सुन्दरहरैँचा पत्रकार समुहका संयोजक मणिराम दाहालले सरकारी विद्यालयमा पढ्ने ससाना नानीहरुलाई शैक्षिक सामग्री वितरण गरि आफुले सहयोग गर्न पाउँदा खुसि लागेकाे बताए । उनले पत्रकारिता गरेर कलम चलाउँदा समाज सुसूचित हुने तथा समाजिक काम गर्न पाउँदा समाजप्रतिकाे उतरदाहित्व बहन हुने धारणा राखेका थिए ।

शैक्षिक समाग्री वितरणकाे कार्यक्रममा विद्यालयका प्रअ गुरुप्रसाद अधिकारले शैक्षिक सामग्री वितरणबाट विद्यार्थीको उज्जल भविष्य निमार्णमा सहयोग पुग्ने अपेक्षा गरेको बताएका थिए । २०२१ सालमा स्थापना भएको यस विद्यालयमा पढ्ने नानीहरूलाई लक्षित गरि हाैसला दिने उदेश्यले आवश्यक शैक्षिक समाग्री वितरण गरिनु राम्रो काम भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टाेमबहादुर श्रेष्ठले बताए । शैक्षिक सामग्री वितरणकाे कार्यक्रममा सुन्दरहरैँचा पत्रकार समुहका राज पोखरेल, एल एन गच्छदार , माधव काफ्ले लगायतकाे सहभागिता रहेको थियो । कार्यक्रम समुहका सदस्य तथा सञ्चारकर्मी ज्ञानु घिमिरेकाे संचालनमा भएको थियाे ।