पानीमा लडेर डुब्दा सुन्दरहरैचामा एक जनाको मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ मा एक जनाको पानीमा डुबेर मृत्यु भएको छ । वडा नं ११ का ४५ वर्षीय शान्ती श्रेष्ठको मृत्यु भएको हो ।

बेलबारी नगरपालिका वडा नं २ मा रहेको लोहन्द्रा खोलामा बालुवा चाल्ने क्रममा लडेर पानीमा डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।