बेलबारीमा अन्तरपालीका स्तरीय भलीवल प्रतियोगिता हुने

बेलबारी । स्वास्थ्य समाजका लागी खेलकुद भन्ने नाराराका साथ बेलबारीमा अन्तरपालीका स्तरीय पुरुष भलीवल प्रतियोगिता हुने भएको छ ।

आदर्श युवा क्लवको आयोजनामा बेलबारीको लक्ष्मीमार्ग स्थीत तिन दिने पुरुष भलीवल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

चैत्र १३ गतेदेखी सुरहुने उक्त प्रतियोगिता चैत्र १५ सम्म लक्ष्मीमार्ग स्थीत संगम टोलको खेलमैदानमा संचालन हुनेछ । प्रतियोगीतामा मोरङ जिल्ला भरीका पालिकाहरु मध्येबाट बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, पथरी सनिश्चरे नगरपालिका, लेटाङ नगरपालिका, उर्लावारी नगरपालिका, रंगेली नगरपालिका, मिक्लाजुङ गाँउपालिका, केरावारी गाँउपालिका र बुढिगंगा गाँउपालिका सहभागी रहने आयोजकले जनाएको छ ।

आयोजक क्लवका अध्यक्ष कमल राईका अनुसार प्रतियोगिताको विजेता टिमले ३५ हजार नगद र उपविजेता टिमले २५ हजार नगद पाउनेछन् ।