मिर्गाैला प्रत्याराेपणका लागि सौरभलाई मलेसियाबाट १ लाख ५ हजार २ सय सहयोग

तेह्रथुम । तेह्रथुम छथर गाउँपालिका ६ सुदापका मिर्गौला पिडित सौरभ आंखेवालाई एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरण गरिएको छ । आर्थीक अभाबका कारण उपचारमा समस्या भएको सामाचार प्रकाशन भएसँगै मलेसियमा सेलेङगोरमा शंकर लिम्बुको सकृयतामा १२ सय ७१ रिगेट,क्यामाराहाईलेन्ड पुर्णबहादुर लिम्बुको सकृयतामा १ हजार २५ रिगेट,मनोज लिम्बुको सकृयतामा १४ सय ४१ रिगेट संगलन भएको छथर गाउँपालिका ४ फाक्चामाारा हाल मलेसियामा रहनु भएका निर्मल लिम्बुले जानकार िदिएका छन ।

संकलन भएको नेपाली रुपैयाँ १ लाख ५ हजार २ सय २० छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले पीडित सौरभका दाजु सुजन आंखेवालाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । मिर्गौला फेल भएपछी उपचारमा आर्थीक समस्या भएको थियो । आर्थीक समस्या भएको समाचार बिभीन्न सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रसारण भए सँगै उनको उपचारका लागी सहयोग रकम जुट्न थालेको हो । सौरभ हाल सुमेरु अस्पतालमा ललितपुरमा डाइलोसिस गरी भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा स्वस्थ्य जाँच गराई रहेको परिवारले जनाएको छ ।