पथरीशनिश्चरे वडा नम्बर ८ टाई ब्रेकरमा विजयी

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


मोरङ । मोरङको पथरी शनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल खेलमा पथरी शनिश्चरे ८ नम्बर वडा जित हात पारेको छ ।
आयोजक ’बि’ लाई टाई-ब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ ले दोश्रो चरणमा स्थान सुनिश्चित गरेको हो ।
खेलको ५१ औँ मिनेटमा वडा नम्बर ८ का महेन्द्र मगरले समीर याक्खाको पासमा किपरलाई विट गर्दै उत्कृष्ट गोल गरेर टिमलाई अग्रता दिलाएका थिए तर सो अग्रता ४ मिनेट बढी टिक्न सकेन ।
आयोजक टिमका अमर दर्जिले खेलको ५५ औँ मिनेटमा जवाफी गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए ।
दुवै टिमले खेल अवधी भर गोल गर्ने केही अवसर पाए पनि गोलले जाली चुम्न नसक्दा १-१ को बराबरीमा खेलको निर्धारित समय सकिएको थियो ।
टाई ब्रेकरतर्फ धकेलिएको खेलमा आयोजकका अमर दर्जी, लक्ष्मिर गुरुङ्ग र सुरेश राईले गोल गरे पनि सन्जय मगर र सन्नी राईले गोल गर्न नसक्दा हार व्यहोर्न बाध्य बनेको हो ।
वडा नम्बर ८ का भानुहाङ खजुम गोल गर्न चुके पनि समीर याक्खा, सुजन खत्री, महेन्द्र मगर र एलि लिम्बुले गोल गर्दा जितका लागि पर्याप्त बनेको हो। मंगलबारको खेलको मेन अफ द म्याच वडा नम्बर ८ का महेन्द्र मगर घोषित हुँदै नगद १५ सय प्राप्त गरेका छन ।
बुधवारको खेल ६ नम्बर वडा र वडा नम्बर ३ बिच हुने आयोजकले जनाएको छ।