पथरी शनिश्चरे नगर स्तरीय फुटबलमा वडा नं. ९ विजयी


पथरी ।
मोरङको पथरी शनिश्चरेमा जारी प्रथम पथरी शनिश्चरे नगर स्तरीय फुटवल प्रतियोगिताको सोमबारको खेलमा वडा नं. ९ विजयी बनेको छ ।
पथरी शनिशचरे वडा नं. ४ लाई ३-१ गोल अन्तरले पराजित गर्दै ९ नम्बर प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।
खेल विजेता ९ नम्बर वडाको लागि घनश्याम चौहान, सेनेहाङ लिम्बुले पहिलो हापमा १/१ गोल गरेका थिए ।
दोस्रो हापमा सोही टिमका सेनेहाङ लिम्बुले पुनः गोल थपेका थिए । खेलको अन्तिम समयमा वडा नं. ३ का खेलाडी सनम अधिकारी सान्तवना गोल फर्काएका थिए ।
खेलको म्यान अफ द म्याच विजेता ९ नम्बर वडाका खेलाडी घनश्याम चौहान घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि ४ नम्बर वडा अध्यक्ष गोविन्द भण्डारीको हातबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।
मंगलबारको खेल वडा नं. ८ र आयोजक भुटानी शरणार्थी शिविर खेलकुद समिति शनिश्चरेको ‘बी’ टिमवीच प्रतिष्पर्धा हुने खेल आयोजक समितिको संयोजक कुमार राईले जानकारी दिए ।