बेलबारी खानेपानीमा कांग्रेस नेतृत्वको गठबन्धन प्यानलै निर्वाचित


बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिमा कांग्रेस नेतृत्वको गठबन्धन प्यानलै विजयी भएको छ । शनिबार सम्पन्न मतदान तथा गएराति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार संस्थाको अध्यक्षमा नेपाली कांग्रेसकी रुक्मिणी धिमाल भारी मतान्तरले विजयी हुनुभएको हो ।

धिमालले जम्मा ७ सय ५२ मत प्राप्त गर्नुभएको थियो भने अध्यक्ष का अर्का उमेद्वार खेमप्रसाद गौतमले १ सय ८७ मत मत प्राप्त गनुृभएको थियो । कोषाध्यक्षमा सोही गठबन्धनकै डिल्लीराज गिरी उत्तम ५ सय ३९ मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी तोसित सुवेदीले ३ सय ७७ मत प्राप्त गर्नुभएको थियो । खुला सदस्य पदमा प्रेमबहादुर गुरुङ ६ सय ६३ र गणेश बस्नेत ६ सय ६ मत सहित विजयी हुनुभएको छ । सदस्य पदका अर्का उमेद्वार प्रकासकुमार भण्डारीको ३ सय १७ मत आएको थियो । निर्वाचनका लागि कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वठबन्धन गरेका थिए । अन्य पदहरुमा गठबन्धनका उमेद्वारहरु निर्विरोध भैसकेका थिए । उपाध्यक्षमा केशव घले,सचिवमा जगतबहादुर क्षेत्री,महिला सदस्यमा शर्मिला लुङ्गेली,वबिता राई र सीतादेवी बाँस्तोलाले निर्विरोध निर्वाचित हुनुभएको हो ।
शनिबार भगवती मावि बेलबारीमा भएको निर्वाचनमा १ हजार ४३ मत खसेको थियो । जसमध्ये ७० मत बदर भएका थिए ।