कानेपोखरीमा आठौ गाउँसभाको निणर्यःनिशुल्क स्वास्थ्य विमा र दीर्घ रोगीलाई निशुल्क औषधी वितरण

पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले पालिका भित्रका विपन्न वर्गका परिवारलाई निशुल्क स्वास्थ्य विमा र दीर्घ रोगीहरुका लागि निशुल्क औषधी वितरण गर्ने भएको छ ।
गाउँपालिकाको आठौं गाउँसभाले पारित गरेको निणर्यहरु सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत सो कुरा जनाएको हो ।
पालिकाले आर्थिक बर्ष २०७७/०७८ मा दीर्घ रोगीलाई औषधी र ऋषिदेव, झागँड/उराव र अति बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिएको प्रस्तुत पत्रमा उल्लेख गरेको छ ।
यस्तै नियमित रुपमा औषधी सेवन गर्दै आएका पालिकामा रहेका प्रेसर र सुगर रोगीहरुको लागि निशुल्क औषधी वितरण गर्ने भएको पालिकाले जनाएको छ ।
कानेपोखरी गाउँपालिकाले सार्वजनिक विद्यालयहरुमा अध्ययनरत नर्सरी, एलकेजी देखि युकेजी सम्मका छात्राछात्रहरुलाई खाजा खर्च मार्फत प्रति हाजिरी बराबर १५ रुपैयाँले वितरण गर्दै आएको, छात्रासँग उपाध्यक्ष, खरको छानो विस्थापन, जनता आवस कार्यक्रम चलाइदै आएको उल्लेख छ ।
यस्तै यसै आर्थिक वर्षमा गाउँपालिकामा संचालित ३ सय २४ वटा योजनामा १ सय १० वटा योजना सम्झौता भएका छन् भने १ सय वटा योजना सम्पन्न, १ सय १४ वटा योजना सम्झौता हुन बाँकी रहेको बताएको छ ।
मानव संसाधन विकास तथा कार्यक्रम अन्तर्गत जम्मा ३४८ वटा योजना मध्ये १९ वटा कार्यक्रम सम्झौता, २६ वटा कार्यक्रम सम्पन्न भएका छन् ।
यस्तै न्यायिक समितिले ७६ वटा विवाद तथा उजुरीको फर्छयौट गरेको छ । ७९ वटा उजुरी माध्ये ५४ वटाको मिलापत्र गरिएको र २२ वटाको ऐनमा व्यवस्था भए अनुरुप निणर्य गरिएको र बाँकी ३ वटा उजुरीको फर्छयौट हुन बाँकी रहेको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राजमती इङ्नामले बताइन् ।
यस्तै गाउँपालिकाले हालसम्म ६० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । फागुन २४ गते सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षमा ६० प्रतिशत काम सम्पन्न भएको समिक्षा गरेको हो ।
आर्थिक बर्ष २०७७/०७८ मा ६१ करोड ३७ लाख ४४ हजार ७१ को बजेट बिनियोजन भएकोमा भौतिक पूर्बाधार निर्माण लगायत करिब ६० प्रतिशत खर्च भइसकेको र आर्थिक बर्ष सकिन्दा ९० प्रतिशतसम्म खर्चहुने गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको दाबि छ ।
यस्तै संघिय सरकारले शिलान्यास गरेको १५ बेडको अस्पताल बन्ने क्रममा रहेको, प्रहरी भेन, वारुण यन्त्र प्रदेश सरकारबाट प्राप्त भएका जनाएको छ ।
चिसाङ र डाँस खोला कटान रोकथाम, बाढी नियन्त्रण भएको, सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्या समाधानको क्रममा रहेको लगायतको उलब्धिहुँदै गएको वितरीत विज्ञप्तीमा उल्लेख छ ।
यस्तै गाउँपालिकाले सुकुम्वासी समस्या समाधान तर्फ प्रत्येक वडाबाट ४ हजार ६ सय ५ घरपरिवारको लगत संकलन र अधुरो कार्य ३ सय ७४ परिवारको लगत संकलन गरेको छ ।
गाउँपालिकामा भूमिहिन दलित ४ सय ११, भूमिहिन सुकुम्बासी १ हजार ५९४, अब्यबस्थित बसोबासी २ हजार ६ यस गरी ४ हजार ६ सय ५ र अधुरो काम (अघिल्लो सुकुम्बासी आयोगले जग्गा धनी पुर्जा दिएको, मोठ कायम नभएको) ३ सय ७४ रहेको सबै समस्या समाधानको तयारीमा रहेको पालिका प्रमुख ताराबहादुर काफ्लेले बताए ।
फागुन २४ गते सम्पन्न गाउँसभाले विभिन्न ६ वटा विधेयक पारित गरेको छ । कानेपोखरी गाउँपालिकामा सुशासन (व्यवस्थापन तथा संचालन) गर्न बनेको विधेयक, कानेपोखरी गाउँपालिकाको सार्वजनिक नीजि साझेदारी विधेयक, कानेपोखरी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, कानेपोखरी गाउँपालिका स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र कानेपोखरी गाउँपालिकाको तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विधेयक रहेका छन् ।




Leave a Reply

Your email address will not be published.