उद्घाटन खेलमा पथरी शनिश्चरे वडा नं. १ को बि.वाई.सी को पोष्टमा ११ गोल


पथरी ।
प्रथम पथरी शनिश्चरे नगर स्तरीय मैत्रीपूणर् फुटबल टुर्नामेन्टमा बी.वाई.सी. ‘बी’ को पोष्टमा ११ गोल गर्दै फराकिलो अन्तरले पथरी शनिश्चरे १ विजयी भएको छ ।
उद्घाटन खेलको म्यान अफ द म्याच विजेता टिम पथरी शनिश्चरे १ का खेलाडी संजय लिम्बु घोषित भए ।
लिम्बुलाई पथरी शनिश्चरे रिफ्युजी क्यम्पका सचिव चम्फासिंह राईले नगद रु. १५ सयका साथ मेडल प्रदान गरे । भोलीको खेल पथरी शनिश्चरे वडा नं. २ र ५ बीच हुने आयोजकले जानकारी दिएको छ ।