बेलबारी खानेपानीको नेतृत्वका लागि मतदान सम्पन्न : १ हजार ४० मत खस्यो


बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको चुनावमा १ हजार ४० मत खसेको छ । भर्खरै सम्पन्न मतदानमा जम्मा १ हजार ४० उपभोक्ताले भाग लिएको निर्वाचन समितिले जानकारी दिएको छ ।संस्थाको यो निर्वाचनका लागि १ हजार ५ सय ८५ उपभोक्ता मतदान योग्य रहेका थिए । संस्थाको तेस्रो साधारणसभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भगवती माविमा मतदान सम्पन्न भएको छ । आजै साँझ ७ बजेपछि मतदान सुरु गर्ने तयारी भैरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन अन्तर्गत अध्यक्ष,कोषाध्यक्ष र खुला सदस्य २ जनाका लागि मतदान भएको हो ।
निर्वाचनका लागि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट अध्यक्षमा रुक्मणी धिमाल उमेद्वार हुनुहुन्छ भने अध्यक्ष पदमै खेमप्रसाद गौतमको पनि उमे्वारी रहेको छ । कोषाध्यक्ष पदका लागि गठबन्धनका डिल्लीराज गिरी र अर्का उमेद्वार तोषित सुवेदी विच प्रतिष्पर्धा छ । २ जना खुला सदस्यका लागि प्रकासकुमार भण्डारी प्रेमबहादुर गुरुङ र गणेश बस्नेत विच प्रतिष्पर्धा रहेको छ । अन्य पदहरुमा गठबन्धनका उमेद्वार निर्विरोध भैसकेका छन् ।