सुकुना क्याम्पसमा स्ववियु नै एमालेको दुईधारमा: त्रासमा विधार्थी

सुन्दरहरैचा । नेकपा एमालेको केन्द्रको दुई धार बिचको राजनीतिक विवाद मोरङको सुकुना बहुमुखी क्याम्पसमा रहेको विधार्थी मोर्चा स्ववियुमा समेत देखिएको छ । अनेरास्ववियु सुकुनाले क्याम्पस कमिटी सग विधार्थी हकहित सम्बन्धीको मुद्दा क्याम्पस प्रशासन सग राख्दा नेकपा एमाले निकट अनेरास्ववियु दुई धारमा उभिएको छ ।

नेकपा एमालेको ओली निकट रहेका विधार्थी नेता अनेरास्ववियु सुकुनाका क्याम्पस कमिटी अध्यक्ष मनोज कार्कीद्वारा फाल्गुन २५ गते निकालिएको विज्ञप्ती र नेकपा एमालेको माधव नेपाल निकट रहेका विधार्थी नेता अनेरास्ववियु सुकुनाका क्याम्पस कमिटी अध्यक्ष कमल कार्कीद्वारा चैत्र २ गते निकालिएको विज्ञप्ती अनुसार मनोज कार्की अध्यक्ष रहेको विधार्थी सगठन साथै स्ववियु सचिव चुडामणी रिजाल, उपसभापती मिलन घिमिरे लगायतको वार्ता टोली सग क्याम्पस प्रशासनले वार्ता गरी क्याम्पस प्रशासनले उक्त विधार्थी समुहले निकालेको मागलाई सम्बोधन गरेपछी अर्को पक्ष माधव समुह निकट विधार्थी समुहले विरोध जनाएपछी सुकुनामा समेत देशको केन्द्रिय राजनीति अनुसार दुई छुट्टाछुट्टै समुहमा विधार्थीहरु बढीएको प्रष्ट देखिन्छ ।

माधव समुह निकट रहेका स्ववियु सभापति सन्तोष लिम्बु र अनेरास्ववियु सुकुनाका अध्यक्ष कमल कार्कीले चैत्र २ गते सोमबार क्याम्पस प्रशासनमा ताला लगाएका थिए । स्ववियु सभापतिले स्ववियुमा छलफल नै नगरी क्याम्पस प्रशासनमा लगाएको तालाबन्दीको स्ववियु उपसभापती साथै स्ववियु सचिवले बिहीवार विज्ञप्ती जारी गर्दै विरोध गरेका छन । विज्ञप्ती जारी गर्दै स्ववियु सचिव रिजाल भन्छन “सुकुना क्याम्पसमा स्ववियुले कुनै पनि तालाबन्दिका कार्यक्रम नगरेको र शान्तीपूर्ण मागलाई क्याम्पस प्रशासनसग वार्ताका माध्यमबाट समस्या समाधान भईरहेको, लामो समय कोरोनाको कारण पठनपाठन नै अवरुद्द भएको अवस्थामा विधार्थीहरुको जायज मागलाई शान्तीपूर्ण छलफलको माध्यमबाट हल गर्नुपर्ने र यो बेलामा धरासायी बन्दै गरेको शैक्षिक क्षेत्रलाई उठाउन स्ववियुले साकारात्मक भूमिका खेल्नुपर्छ ।”

उनका अनुसार विधार्थीहरुको हरेक माग र समस्यालाई स्ववियुले निरन्तर वार्ताद्वारा हल गर्दै आएको छ, तर केही व्यक्तीले स्ववियुको नाम बेची स्ववियुलाई नै धरायसी बनाउने र विधार्थीको भविष्य माथी नै गम्भिर असर पर्ने गरी क्याम्पस क्षेत्रमा अराजक गतिविधी गर्दै क्याम्पस प्रशासनमा लगाएको तालाबन्दीको विरोध गर्दै विधार्थीको माग बमोजिम विज्ञप्ती निकाल्न वाध्य भएको स्वोवियु सचिव रिजालले बताएका छन ।

यता क्याम्पस् प्रशासनले समेत विधार्थी संगठनको खिच्चातानीले क्याम्पस प्रशासनमा हाजिर तथा प्रशासनिक काम गर्न नपाएको र नव आगन्तुक विधार्थीहरुमा नकारात्मक असर पुगेको बताएको छ । विधार्थीहरुको माग अनुसार क्याम्पस प्रशासनले निरन्तर छलफल गरी सम्बोधन गरिरहेको हुँदा पनि विधार्थी संगठन बिचको एक आपसको विवादले क्याम्पसमा असहज परिस्थिती सिर्जना भएको क्याम्पस प्रशासन बताउछ ।