बेलबारीमा महिलाका लागि ढाका बुन्ने तालिम सुरु

बेलबारी नगरपालिकाले महिला उद्यमशिलता विकासका लागि ढाका बुन्ने तालिम सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ७ र ८ का ३० जना भन्दा वढि महिलाहरुलाई तालिम दिन थालेको हो । उत्पादन सँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पाथिभरा सिप बिकास केन्द्रको प्राविधिक सहयोगमा तिन महिना सम्म तालिम संचालन हुने छ । सिप सिकेर आर्जन गर्न चाहनेहरुलाई नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोगका साथै विभिन्न उपकरणहरु दिने गरेको नगर प्रमुख सुवेदीको भनाई रहेको छ । उनले उद्यमीले उत्पादन गरेका बस्तुहरुको बजारीकरण समेत नगरपालिकाले गरीदिने बताए । नगरपालिकाले सञ्चालन गरेको तालिम लिएर धेरै महिलाहरु उद्यमी बनिरहेको नगरपालिकाको दावी छ । बेलबारी नगरपालिकाका अनुसार वडा नम्बर ३ मात्रै ५० जना भन्दा वढि महिलाहरु ढाका कपडा बुनेरनै राम्रो आम्दानि गरीरहेका छन ।