कांग्रेस नेता अशोक कोइरालाको निधन

कांग्रेस नेता अशोक कोइरालाको निधन भएको छ । नेपाली कांग्रेस मोरङका पूर्व सभापति, संविधानसभा सदस्य, विराटनगरका पूर्व मेयर कोइरालाको गएराती निधन भएको हो ।
नेपाली कांग्रेसको पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री सुशील कोइरालाका सहोदर भाइ अशोकको बिराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा २०७७ चैत्र ४ गते राती १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी सुशिल कोइराला फाउण्डेसन मोरङका सल्लाहकार थिए । उनी अस्वस्थ्य भएर हिजो मात्रै अस्पताल भर्ना गरिएको थियो ।
नेपाली राजनीतिमा कोइराला परिवारको योगदानमा अशोक कोइरालाको पनि उत्तिकै योगदान रहेको छ ।