बेलबारी खानेपानीको चुनावका लागि तिनदलिय गठबन्धनको प्रतिबद्धता सार्वजनिक


बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि तिन दलिय वठबन्धनले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेर चुनावी अभियान सुरु गरेको छ । संस्थाको तेस्रो साधारणसभा अन्तर्गत यहि चैत ७ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन बनाएर उमे्दवारी दिएका छन् । निर्वाचनमा अध्यक्ष,कोषाध्यक्ष र खुला सदस्य २ जनाका लागि मात्रै मतदान हुदैछ । बाँकी पदहरुमा गठबन्धनका सबै उमेद्वार निर्विरोध भैसकेका छन् । गठबन्धनको चुनाव प्रचार प्रसार समितिले बेलबारी १ स्थित रिभरसाईड रिसोर्टमा बुधबार पत्रकार सम्मेलन आयोजना गरेर उमेद्वार परिचय तथा प्रतिवद्धता सार्वजनिक गराएको हो ।


गठबन्धन अन्तर्गत अध्यक्षमा कांग्रेसकी रुक्मिणी धिमाल,उपाध्यक्षमा जनता समाजवादीका केशव घले,सचिवमा माओवादी केन्द्रका जगतबहादुर क्षेत्री र कोषाध्यक्षमा डिल्लीराज गिरी उत्तमले उमेद्वारी दिएका छन् । खुला सदस्यमा कांग्रेसका प्रेमबहादुर गुरुङ र गणेश बस्नेत,महिला सदस्यमा माओवादी केन्द्रकी शर्मिला लुङ्गेली,जनता समाजवादीकी वबिता राई र कांग्रेसकी सीतादेवी बाँस्तोलाले उमेद्वारी दिएका थिए ।
पत्रकार सम्मेलनमा गठबन्धनबाट अध्यक्षकी उमेद्वार रुक्मिणी धिमालले आफ्नो प्राथमिकता सहितको प्रतिवद्धता प्रस्तुत गर्नुभएको थियो । धिमालले आफु वर्तमान कार्यसमितिमा रहेर समेत अनुभव संँगालेकोले त्यस अनुभवलाई संस्थाको हितमा कार्यन्वयन गर्ने बताउनुभयो । धिमालले आफुहरुको पहिलो प्राथमिकता वडानम्बर २ मा रहेको खानेपानी आपुर्तीको समस्यालाई समाधान गर्नेमा रहेको जानकारी दिनुभएको छ । धारा विस्तार हुन बाँकी क्षेत्रमा विस्तार गरेर सबै उपभोक्तालाई सहज रुपमा पानी उपलब्ध गराउने,संस्थामा सुसासन कायम गर्दै बक्यौता रिण क्रमैसँगै तिर्दै जाने समेत उहाँले बताउनुभएको छ । संस्थाको अध्यक्ष पदकालागि खेमप्रसाद गौतम धिमालका प्रतिष्पर्धी हुनुहुन्छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका महासमिति सदस्य नगेन्द्र कट्टेल,नेकपा माओवादी केन्द्र बेलबारी नगर कमिटीका अध्यक्ष पर्शुराम सुवेदी, जनता समाजवादी पार्टीका नगर अध्यक्ष तिलक राईले संस्थामा सबल नेतृत्वका लागि गठबन्धन गरिएको भन्दै मतदानका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा तिनवटै दलका विभिन्न तहका संगठनमा आवद्ध नेताहरुको उपस्थिति रहेको थियो ।