बेलबारी ४ मा शिवरात्रीको दिन सांगितिक कार्यक्रम : जिम फिट्नेस सेन्टर खोल्ने योजना


बेलबारी ४ स्थित बेतना युनाईटेड क्लबले फागुन २७ गते महाशिवरात्रीको अबसरमा महाशिवरात्री धार्मिक तथा सांस्कृतिक कार्यक्रम २०७७ आयोजना गर्ने भएको छ । विगत वर्षहरुदेखि नै शिवरात्रीमा कार्यक्रम गर्दै आएको क्लबले यसपाली पनि त्यसलाई निरन्तरता दिन लागेको हो । कार्यक्रम आयोजनाबाट केही रकम बचत गरेर जिम फिट्नेस सेन्टर सञ्चालन गर्ने क्लबको योजना रहेको अध्यक्ष प्रकास लिम्बुले जानकारी दिनुभएको छ । आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष लिम्बुले सो जानकारी दिनुभएको हो । विभिन्न क्षेत्रबाट सहयोग जुटाउँदै आयोजना गर्न लागिएको सो कार्यक्रम हेर्नेहरुको लागि भन खुला रहनेछ । कार्यक्रमबाट बचत हुने रकम र वडाबाट प्राप्त हुने बजेट समेत मिलाएर बेलबारी ४ कै बेतना खेलमैदानमा बनेको स्टेज भवनको तल्लो भागमा जिम फिट्नेस सेन्टर सञ्चालन गर्ने क्लबको तयारी योजना रहेको छ ।
बेलबारी ४ बेतना चौक स्थित शिवमन्दिरमा आयोजना हुने सांगितिक कार्यक्रममा भोइस अफ नेपालका विजेता राम लिम्बु र उनको व्याण्ड, बेलबारीको द्रव्य व्याण्ड, प्रथम बेलबारी आइडल विवेश मोते लगायतको सांगितिक प्रस्तुती रहने सांगितिक कार्यक्रम संयोजक मोहन राईले जानकारी दिनुभएको छ ।
स्वस्थ रहन व्यायाम आवश्यक पर्ने र जिम फिटनेसमा युवाहरुको समेत आकर्षण हुने भएकाले जिम सेन्टर सञ्चालन गर्न लागिएको क्लबका किरण कार्कीले जानकारी दिनुभएको छ ।