लागुऔषध सेवनकर्ता बढे सगै प्रहरीको सक्रियता: ५ जना सुन्दरहरैचाबाट पक्राउ

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिका १० स्थित सुकुम्बासी बस्तीबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ ।

सोमबार राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट लागुऔषध सहित ५ जना व्यक्तीलाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालका अनुसार तामाङको घरबाट डाईजोल्याप थान-१०, लुपिजेसिक थान-७, एभिल थान-१३ र गांजा २०० ग्राम फेला पारेको छ ।

प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि-बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरेको हो ।

लागू औषध सहित पक्राउ गरेका व्यक्तीमाथी थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए ।