खम्बुवानको बेलबारी नगर समिति गठन


खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीले बेलबारी नगरसमिति गठन गरेको छ । शनिबार बेलबारी २ स्थित कविर मन्दिको सभाहलमा आयोजित भेलाले निर्मल गुरुङको अध्यक्षतामा ९ सदस्यिय नगरसमिति गठन गरेको हो ।

नवगठित नगर समितिको उपाध्यक्ष विरबहादुर राई,सचिव पर्वत खालिङ,उपसचिव निलम धिमाल र कोषाध्यक्षमा ऐश्वर्या राई चयन हनुभएको छ । सदस्यहरुमा नारायणसिंह खम्बु,भोला खम्बु,तेजबहादुर खम्बु,प्रिया राई चयन हुनुभएको छ ।
पार्टीका केन्द्रिय उपाध्यक्ष दिलराम खम्बुको प्रमुख आतिथ्यमा भएको सो भेलाले पार्टीको केराबारी गाउँपालिका संयोजकमा लोकबहादुर लिम्बु र खम्बुवान युवा मोर्चा बेलबारीको संयोजकमा दिलबहादुर श्रेष्ठलाई चयन गरेको पार्टीको नवगठित बेलबारी नगर समितिका सचिव पर्वत खालिङले जानकारी दिनुभयो ।
भेलामा पार्टीका केन्द्रिय महासचिव रणेन्द्र थिम्राहाङ र सविच राजुदेव राई विशिष्ट अतिथि तथा पार्टी केन्द्रिय सदस्य होम पिठाकोटे अतिथि रहनुभएको थियो ।