कृष्णको सारथि बन्दै मत माग्न व्यापारीको घर दैलोमा मेयर ढकाल

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा उवा संघको निर्वाचनको लागि दुई पक्ष नै चुनावी मैदानमा उत्रीएका छन ।

आफ्नो आफ्नो पक्षमा व्यापारीहरु सग मत माग्न दुवै समूह सक्रिय छ । सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल समेत बिहिबार व्यापारीहरु सग मत माग्दै घर दैलोमा निस्किएका छन । उनी कृष्ण रिजाल समूह तर्फका व्यापारीहरु को लागि मत माग्दै हिडेका हुन ।

एउटा पक्षले व्यापारी व्यापरी व्यापारीहरु बिच द्वन्द सिर्जना गराएको भन्दै मेयर ढकालले व्यापारीहरुले शुद्द व्यापारिक व्यक्तीलाई नै भोट दिनुपर्ने बताउदै मत माग्न व्यापारीको घर दैलो मा हिडेको बताएका हुन ।

रिजाल लामो समय देखि व्यापारी क्षेत्रमा लागेको र सबै व्यापारी एक हुनुपर्ने बताउदै मेयर ढकाल रिजालको पक्षमा मत माग्न हिडेका हुन । लोकतन्त्रमा एउटा बन्द कोठा भित्र लोकतन्त्रकै धज्जी उडाउने काम केही व्यक्तीले गरेको भन्दै लोकतन्त्र रक्षाको निम्ति रिजालको समुहबाट आफुले मत मागेको ढकालको भनाई छ ।

रिजाललाई अहिले व्यापारीक व्यक्तीहरुको मात्र साथ छैन छिमेकी नगरपालिकाका व्यापारीक अध्यक्षहरु, प्रदेश सासदहरुको समेत साथ रहेको छ ।

नक्कली व्यापारी देखि सावधान हुन मेयर ढकालले व्यापारीहरुलाई सचेत गराएका छन । केही व्यक्तीले आफ्नो व्यक्तीगत शासनको लागि रातको समयमा बन्द कोठामा बसेर आफू खुशी सहमतीको नाममा लोकतन्त्रको धज्जी उडाएको भन्दै आफू लोकतन्त्रको रक्षाको निम्ति हिडेको बताए ।