सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघको अध्यक्ष पदको दाबी गर्न अध्यक्षका प्रत्यासी टीका कट्टेललाई नक्कली व्यवसायी बनेको आरोप लागेको छ ।
खोर्सानेका एक जना युवा कृष्ण घिमेरेले कट्टेललाई चुनावमा अध्यक्ष पदको दावी गर्नकै लागि नक्कली व्यवसायी बनेको आरोप लगाएका हुन । उनले २० वर्ष देखि रिजाल आफ्नै नामको व्यवसायीक फर्मबाट व्यवसाय गरि व्यवसायीको समस्या र पीडा बुझ्ने भन्दै टीका कट्टेल २० वर्श देखि गुमनाम भएर टीका प्रथा र धनाड्य व्यक्ती सगको हिमचिममा राजनिती गर्दै आएको आरोप लगाए ।
कट्टेलले आफुलाई स्वतन्त्र व्यक्ती भएको दाबी गरे पनि उनी नेकपाको व्यक्ती भएको र व्यवसायीको पीडा नबुझ्ने व्यक्ती भएको आएओप घिमिरेले बताए ।
त्यस्तै हरैचा मोडका एक जना युवा रमेश खड्काले जुन देखि संघमा नया नेतृत्वको खोजी भयो त्यही दिन देखि कट्टेल विभिन्न धनाड्य व्यक्ती सग लम्पसार पर्दै हात जोड्दै हिडेको आरोप लगाए । उनले रिजालले व्यपारीको मत लिएर आउने बताउदा बताउदै कट्टेल भने व्यपारी सग डराएर सहमती सहमती भन्दै आएका थिए ।
त्यस्तै बेलेपुरका एक जना युवा होम नाथ पोखरेलले भोलेश्वर दुलाल जस्ता व्यक्तीको शासन सुन्दरहरैचामा लागू नहुने बताए । पैसा र पावरमा दुलालले आफ्नो होटल नेपारिकामा अहिले टीका कट्टेल नेतृत्वको समुहलाई भोज भतेर गराउदै व्यवसायी व्यवसायी बिच अन्तरद्वन्द सिर्जना गराएको आरोप पोखरेलले लगाए ।
पोखरेले रिजाल व्यवसायीको एक मात्र साझा उम्मेदवार रहेको बताउदै रिजाल बाहेक अन्य व्यक्ती संघको अध्यक्षमा योग्य नहुने बताए ।