सुन्दरहरैचा उवा संघ:प्यानल सहित अध्यक्षमा कृष्ण रिजालको उम्मेद्वारी दर्ता

सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघको अध्यक्षमा प्रतिष्ठित व्यक्ती कृष्ण रिजालले उम्मेदवारी दर्ता गरेका छन । सोमबार रिजालले आफ्नो प्यानल सहित अध्यक्ष पदमा आफ्नो नाम दर्ता गराएका हुन ।

रिजाल प्यानलबाट वारीष्ट उपाध्यक्षमा दुर्गा श्रेष्ठ, उपाध्यक्षमा गोविन्द अधिकारी, महासचिवमा नारायण कार्की , वाणिज्य सचिवमा उज्ज्वल थापा, उधोग सचिवमा अर्जुन गजुरेल, कोषाध्यक्षमा शारदा प्रसाद ढकाल, लेखा समिती संयोजकमा कृष्ण ओझा, लेखा समिती ससस्यमा गोपाल फुयाल, डम्बर कार्की, सदस्यहरुमा दिपक भण्डारी, देव श्रेष्ठ, रञ्जु आचार्य, बालकृष्ण गिरी, राजन योन्जन र जितन सोडारीले उम्मेदवारी दर्ता गरेका छन्।

मंसिरमा हुनुपर्ने संघको नौ औ साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटक-पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन।

उम्मेदवारी दर्तापछि बोल्दै रिजालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए। उनले आफुले जित हासिल गरे समग्र सुन्दरहरैचाको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका खेल्दै नगरका व्यवसायीहरुको आर्थिक बिकास स्तर उन्नती गर्ने मा जोड दिने बताए ।

संघले आगामी नेतृत्व को लागी यही फाल्गुन २२ गतेको चुनावी मिती तोकेको छ ।




Leave a Reply

Your email address will not be published.