नेपाली भू-उपग्रह ‘नेपाली स्याट १’पछाडीका रहस्यहरू

नेपाली भू-उपग्रह ‘नेपाली स्याट १’ कहिले, किन र के का लागि अन्तरिक्षमा पठाईयो ? यसले के गरिरहेको छ त ? यसको फाइदाहरु के के हुन् ? यो विषयमा कहानी त थुप्रै छन् र कुराहरु पनि धेरै तर आज एक जल्दो बल्दो बिषय: नेपाली भू-उपग्रह ‘नेपाली स्याट १’ कसको हो ? नेपालको तर्फबाट सो परियोजनाको फोकल पोइन्टमा रहेका एउटा साधारण परिवारका युवा बैज्ञानिक ई. रोशन पाण्डे, जो अध्ययन अध्यापन गर्दैछन् र नास्टमा सेवारत छन्; आफ्नो काम निरन्तर रूपमा गरि देश र समाजको निम्ति अहोरात्र खटिरहेको छन्; के उनलाई Intellectual Property Right [IPR] वा बौद्धिक अधिकारका बारेमा थाहा न होला त ?

हालै सुन्नमा आएको विषय देखिए जत्तिको सरल भने छैन। यसका भित्र विभिन्न प्रश्नहरु छन्। हाल संस्थामा चलि रहेको वृद्धि विकासको संघर्ष, कार्यालय भित्रको नमिठो राजनीति, कसैको नास्टमा बस्ने इच्छा र कसैको पस्ने आकाङ्क्षा तथा खुट्टा तान्ने प्रवृति सार्वजनिक संस्थामा स्वभाविक नै हुन्। यही कुरासँगै अर्को कुरा पनि जोडिएको छ । कुनै पनि संस्था भित्रको आन्तरिक प्रक्रियामा रहेको पत्र कसरी सञ्चार मध्यममा सार्वजनिक भयो त ? त्यो सार्वजनिक भएको पत्र भन्दा अगाडीका पत्रहरु पहिले कसलाई आएको थियो ? संस्थाको आन्तरिक प्रक्रियामा रहेको संवेदनशील पत्र तथा कुनै अस्पष्ट रहेको चिजमा एउटा व्यक्तिलाई मुछ्नु भन्दा पुरै कुरा यथार्थमा बुझ्नु जरुरी छ। कुनै संस्था भित्र रहेको अधिकारिक पत्रको तस्विर लिएर अगाडी पछाडीको केही कुरा नै नबुझी कोही माथी खनिनु कहाँ सम्मको सहि कुरा होरु सम्बन्धित निकायसँग पत्राचार गरि गत वर्षको डिसेम्बरमा टुंगिएको कुरालाई राम्रोसँग नबुझी आएको पत्रमा विवाद सृजना गर्न खोज्नु कहाँ सम्मको विवेकशील कदम हो ?

कुनै रकेटको डिजाईन चोरी भएको हो वा फर्मुला ? एउटा सहकार्यमा भएको कुरालाई सहकार्यको कुरा भनि प्रस्तुत गरिएको होस कुरा त्यति मात्र हो। हो, कति कुराको citation वा reference गर्नुपर्छ वा पर्दैन। कसरी गर्ने वा गरेको भन्ने मात्र होस जुन यो पेपरमा पनि देख्न सकिन्छ। छैन त केवल कसैको नाम; यस्ता यस्ता कुरालाई लिएर संस्थागत प्रक्रियामा रहेको कुरा सामाजीक सञ्जाल तथा समाचारमा ल्याउने व्यक्तिलाई के भन्न सकिन्छ र खै ?

कुनै संस्था बिचको सहकार्य के का लागि हुन्छ ? किन हुन्छ ? बुझ्न जरुरी छ। सहकार्यको नियम के हो त ? सहकार्यमा गरिएका परियोजनाबाट देशले लिन सक्ने फाईदा के हुनुपर्छ; यस्ता प्रश्नहरुलाई नेपालले गम्भीरता पूर्बक हेर्न जरुरी छ । अन्तराष्ट्रिय मान्यता बमोजिम कति वर्ष सम्म कुन पक्षको हक हुन्छ; के हक हुन्छ भन्ने कुरा सहकार्यमा हुन नितान्त जरुरी छ। हैन भने त जुँगाको लडाईमा सोझा बैज्ञानिकहरुको मुछाई भने झैँ व्यक्तिगत रिसिबि र आन्तरिक मामिलालाई लिएर कर्मचारी र व्यवस्थापनलाई गाली गलौच र कुप्रचार गर्नुले कुनै अर्थ राख्दैन।
फेरी बौद्धिक वर्गले कुनै तर्क दिनु अघि वास्तविक धरातल बुझ्नु भएको हो त ? कुनै एक व्यक्तिको एक पक्षीय धारणा नै पूर्ण सत्य हुन सक्छ या सक्दैन भन्ने विषयमा पनि एक चोटी गम्भीर रूपले अवश्य सोचौ अनि मात्र विश्लेषण गर्न अगाडी बढौँ ।

किन कुनै व्यक्तिलाई आरोप लाग्छ ? के-को लागि लाग्छ ? सञ्चार माध्यममा यसलाई किन ल्याईन्छ ? कुरा गहिरो हो तर अतिरञ्जित गर्नु भएन; कुरा अपूर्ण हो तर गैरजिम्मेवार बन्नु भएन। सैयम र सच्चा कर्मठ युवालाई आरोप लगाउनु अगि अध्ययन र विचार गर्नु जरुरी छ किनकि युवा रहे नै देश रहन्छ। काम गर्ने नै सदैव विवादमा मुछिन्छ; त्यो कुरा बुज्न जरुरी छ।
नसोचेको किसिमले अगाडी बढ्दै गएको नास्ट; जसले कोरोना महामारीमा प्राबिधिक रुपले गरेको काम र देखाएको सक्रियतालाई सोझै पचाउन नसक्नेले संस्था तथा व्यवस्थापन र आत्मबिश्वाशका साथ अगाडी बढिरहेका त्यहाँका कर्मचारीलाई कुरै नबुझी कुप्रचार गर्नु निन्दनीय छ। कसैको पुर्वाग्रह पोख्न तथा आन्तरिक कलह ऊदाङ्गो पार्न नेपालका सञ्चार माध्यमको प्रयोग हुने छैन भन्नेमा विश्वास कायम राख्न चाहन्छु ।

(हालै केहि सञ्चार माध्यममा नेपाली बैज्ञानिकद्वारा बौद्धिकताको चोरी भनि आएको समाचारको प्रतिउत्तर स्वरूप ई. रोशन पाण्डेद्वारा लेखिएको लेख। )