सुन्दरहरैचा उवा संघ: फागुन २२ गते नेतृत्व चयन हुँदै

सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघले आगामी नेतृत्व चयनको लागि निर्वाचन समय तालिका सार्वजनिक गरेको छ । लामो समय देखि स्थगित हुदै विवादमा आएको संघको नेतृत्व अब चुनावी प्रक्रियाबाट अघि बढ्ने सहमती हुँदै संघले समय तालिका सार्वजनिक गरेको हो ।

संघमा अहिले दुई व्यक्तीले अध्यक्ष पदको उम्मेदवारी सार्वजनिक गर्दै आएका छन । दुई व्यक्तीले नै आइतबार सम्म आफ्नो नेतृत्वको सबै उम्मेद्वार टुंगो लगाउने जानकारी भएको छ । संघमा निर्वाचन हैन गोलाप्रथाबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि व्यापारीहरुको विरोध पश्चात् निर्वाचन बाट नै नेतृत्व चयन गर्ने सहमति भएको हो ।

संघमा सुदृढीकरण समूह बनाएर कृष्ण रिजालले अध्यक्ष पदमा दाबी गरेका छन भने नेकपा बाट टीका कट्टेलले दाबी गरेका छन ।

संघले निर्वाचन प्रकृयालाई अघि बढाउदै हिजो १४ गते मतदाता नामावली प्रकाशन गरेको छ भने आज मतदाता नामावलीमा दावी विरोध हुने कार्य भईरहेको छ ।

त्यस्तै भोलि फागुन १६ गते संघले अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने छ । फागुन १७ गते सबै उम्मेदवारले उम्मेदवार दर्ता गर्नेछन । फाउन १८ गते उम्मेदवार दर्ता भएको नामावलीमा दावी विरोध हुने कार्य सुचि छ ।

त्यस्तै फागुन १९ गते उम्मेदवार फिर्ता लिने कार्य सुची छ भने फागुन १९ गते नि उम्मेदवारको अन्तिम नामावली संघले सार्वजनिक गर्ने कार्य सुची छ ।

संघको निर्वाचन भने फागुन २२ गते हुने संघले विज्ञप्ति मार्फत जनाएको छ ।