सुन्दरहरैचा उवा संघ: व्यवसायीले रोजेको व्यक्ती कृष्ण रिजाल

सुन्दरहरैचा । सुन्दरहरैचा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएको बेला संघको नेतृत्वमा विभिन्न पदमा दाबी गर्ने व्यक्तीहरु व्यापारीको घर दैलोमा पुग्दै आएका छन ।

मंसिर महिनामा नै नेतृत्व चयन गर्नुपर्ने संघले कोरोनाको बहानामा निर्वाचन स्थगित गरेको थियो । त्यो बिचमा संघ भित्र निर्वाचनको विषयलाई लिएर ठूलो राजनिती विवाद तरंग भयो । गोप्य बैठक साथै व्यापारिको अहितमा हुने निर्णयलाई आम व्यापारीको पक्षमा लागेर निरन्तर खबरले सधै खबरदारी गर्दै आएको थियो ।

त्यो बिचमा हुने विभिन्न खबरहरु समाचारको माध्यमबाट सम्प्रेषण पश्चात् संघले अन्तत निर्वाचन प्रक्रियाबाट नै नेतृत्व चुन्ने सहमती गर्यो । आम व्यवसायीहरुले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने आवाज उठाइरहदा एक हुल व्यक्तीले व्यवसायीको हित विरुद्द लागेर नेतृत्वमा गोलाप्रथा गरेर नेतृत्व चयन गर्न लागे तर निरन्तर खबर सम्प्रेषण गरेपछी उक्त गोलाप्रथा खारेज भयो ।

संघको अध्यक्ष पदको उम्मेदवारी नगरकै दुई प्रतिष्ठित व्यक्ती हुन । कृष्ण रिजाल र टीका कट्टेल यी दुई व्यक्ती आफैमा क्षमतावान व्यक्ती हुन । तर पनि व्यवसायीले व्यवसायीको संघ सस्थामा व्यापारीले नै नेतृत्व गर्नुपर्ने बताउदै आएका छन ।

कृष्ण रिजाल लामो समय देखि व्यापार मा नै लागेका व्यक्ती हुन भने संघको विभिन्न समयमा नेतृत्व गर्दै आएका व्यक्ती हुन । तर कट्टेल भने सुकुना सहकारीको अध्यक्ष हुन । उनले आफ्नो व्यवसायीक फर्म दर्ता गरे पनि फर्म दर्ता मात्र भएको छ ।

कट्टेल निर्वाचन प्रक्रियाको शुरु देखि नै सहमती सहमती भन्दै आएका थिए । उनले संघमा नेकपाका केदार गुरागाईको साथ लिएर गोलाप्रथाबाट नेतृत्व चयन गराउनुपर्छ भनेर दबाब दिरहेका थिए भने रिजाल आफ्नो भिजन र योजना लिएर व्यवसायीको माझ जान रुचाएका थिए । संघमा गोलाप्रथाबाट नेतृत्व चयन गर्ने विषयमा खबरदारी गर्दै आफू व्यवसायीको मत लिएर आउने दबाब नेतृत्वलाई दिरहेका थिए ।

रिजाल अहिले व्यापारीको घर दैलोमा आफ्नो मत माग्नमा व्यस्त छन । उनले गरेको एक सर्वेक्षणको आधारमा भन्ने हो भने व्यापारीले व्यापार गर्ने व्यक्ती नै रोजेको र आफ्नो पक्षमा व्यापारीहरु लागेको बताएका छन । व्यवसायीक संघ सस्थामा राजनिती हैन व्यापारीको हक हितमा लाग्नु पर्ने उनको भनाई छ ।

उनले नेतृत्व गरेको समुहमा सबै निरन्तर लामो समय व्यवसायी गरेर बस्ने व्यक्तीहरु छन । राजनितिक दल हैन व्यापारी समेट्नु पर्ने भन्दै उनले सबै क्षेत्रको व्यवसायीहरु आफ्नो समुहमा समेटेका छन । यो कारणले नै उनले आगामी नेतृत्व जित्ने व्यवसायीको बुझाई रहेको छ ।