साइबर अपराधको विषयमा किशोरीलाई पढाउदै प्रहरी

सुन्दरहरैचा । ईलाका प्रहरी कार्यालय बेलबारीले साइबर अपराधको विषयमा किशोरीहरुलाई पढाउन शुरु गरेको छ । बेलबारी प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषिराज ढकालको नेतृत्वमा बेलबारी, सुन्दरहरैचा, ग्रामथान र केराबारीका विभिन्न स्थान तथा विधालयहरुमा पुगेर प्रहरीले किशोरीहरुलाई साइबर अपराधको विषयमा सचेतना गराउदै आएको हो ।

बिहिबार ग्रामथान गाउपालिकाका किशोरीहरुलाई प्रहरी निरिक्षक ढकालले साइबर अपराधको विषयमा विभिन्न जानकारी गराएका छन । बेलबारी प्रहरीले स्थानिय तह सगको सहकार्य र समुदाय सग प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रहेर विभिन्न स्थानमा विभिन्न सचेतना कार्यक्रम गर्दै आएको हो ।

समाजमा बढ्दै गएको साइबर अपराध विरुद्ध किशोरीहरुलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको बेलबारीका प्रहरी निरीक्षक ढकालले जानकारी दिए । 

साइबार अपराधबाट हुने बेफाइदाका विषयमा पाठ्यक्रम बनाइ शिक्षित गराइएको ढकालले जानकारी गराए । प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरी निरीक्षक ढकालको भनाइ छ ।