प्रधानमन्त्री ओलीलाई विराटनगरमा कालो झण्डा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (प्रचण्ड–माधव) समूहका विद्यार्थी तथा युवाहरुले कालो झण्डा देखाएका छन् ।

प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको उनीहरुले बताएका छन् ।