खरामोको सुनसरी युवा मोर्चा भेला, प्रशिक्षण कार्यक्रम सम्पन्न

इटहरी । खम्बुवान राष्ट्रिय मोर्चा नेपालले सुनसरी युवा मोर्चा भेला, प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार इटहरीमा रहेको बहुउदेशिय सहकारीको भवनमा कार्यक्रमको आयोजना सम्पन्न भएको हो ।

खम्बुवान राष्ट्रिय मोर्चा नेपालका केन्द्रिय अध्यक्ष आर के खम्बुको प्रमुख आतिथ्यता तथा खम्बुवान राष्ट्रिय मोर्चा युवा केन्द्रिय अध्यक्ष नविन खम्बुको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश १ का ५ सय प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय अध्यक्ष आर के खम्बुले देशको वास्तविक राष्ट्रिय मुद्धा खम्बुवान राष्ट्रिय मोर्चा नेपालले मात्रै बोकेको बताए । सयौ बर्ष देशको नेतृत्व गर्नेहरुले आज देशका युवाहरुले खाडी मुलुकमा गएर ४५ डिग्रि तापक्रममा श्रम बेचिरहनुपर्ने बाध्यतामा पुर्याएको भन्दै उनले पुजिबादी तथा कम्युनिष्ट बिचारधारा बोकेर हिड्नेहरु निजि स्वार्थमा लागेको बताए ।
जनताले दिएको दुई तिहाईलाई लत्याउदै आफै भित्रको द्वन्दले संसद बिघटन गर्ने र राष्ट्रिय ढिकुटी रित्याएर सडकमा जुलुस निकालेको केका लागि भन्दै उनले प्रश्न गरे । अलिकति पनि नैतिकता भए उनिहरुलाई सरम लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा बिकास खम्बुको अध्यक्षतामा २९ सदसिय सुनसरी जिल्ला युवा मोर्चा पनि गठन भएको छ ।
केन्द्रिय उपाध्यक्ष दिलराम खम्बुले स्वगत मन्तब्य राखेको कार्यक्रमको सन्चालन केन्दिय सचिव राजुदेव राईले सन्चालन गरेका थिए ।