जापान जाने भरपर्दो माध्यम अरोरा कन्सल्टेन्सी पथरिमा खुल्यो ।


जापानिज भाषा अध्ययन गरि रोजगारीका लागि जान चाहानेका लागि भरपर्दो माध्याय अरोरा कन्सल्टेन्सी पथरिमा स्थापना भएको छ ।
अध्ययन गर्न जापान जान चाहनेहरुका लागि जापानीज भाषा अध्यापन र जापान जानका लागि आवश्यक समन्वय गर्ने उदेश्यका साथ मोरङ्गको पथरीमा अरोरा इन्टरनेस्नल एजुकेशन कन्सल्टेन्सी प्रा. लि खुलेको छ । मोफसलबाट सर्वसुलभ मुल्यमा गुणस्तरीय भाषा कक्षा संचालन गर्ने प्रतिबद्धता सहित बिजय तामाङ्गले सो कन्सलटेन्सीको आज उद्घाटन गरेका हुन ।
१० बर्ष जापानमा बसेर अध्ययन गरेका अनुभवी प्रशिक्षकहरुबाट जापानीज भाषा अध्यापन गराउने बताउदै कन्सल्टेन्सीका संचालक तामाङ्गले विद्यार्थीलाई जापान जान आवश्यक (जे एल पिटि/एन ए टि)JLPT/NAT
(एन३,एन४,एन५) N3,N4,N5 को कक्षा संचालन देखि लिएर भिषा अनुमोदनको कामसम्मका लागि कन्सल्टेन्सिले समन्वय गर्ने बताए । कन्सल्टेन्सीका संचालक तामाङ्ग स्वयं १ दशक जापानमा अध्ययन गरेर फर्केका हुन ।
पथरीशनिश्चरे १ मा रहेको एनआईसी एसिया बैँक भएको भवनको तल्लो तलामा संचालनमा आएको कन्सल्टेन्सीले भाषा कक्षा पश्चात् अध्ययन वा रोजगारका लागि जापान लगायत अन्य मुलुक जान आवश्यक कागजात तयार देखि भिसा एप्रुभलसम्मको कार्य गरी दिने र सो बापतको सेवा शुल्क भने भिसा आएपछी मात्र बुझाउनु पर्ने बताउदै कन्सल्टेन्सीको विश्वसनीयतामा कुनै आशंका गर्न नपर्ने बताए। कन्सल्टेन्सीले फागुन ६ गतेबाट नै जापानीज भाषा कक्षा शुरु गर्ने तामाङ्गले बताए ।
कन्सल्टेन्सीको उद्घाटन पथरीशनिश्चरेका नगर प्रमुख दिलिप कुमार राईको बाहुलीबाट सम्पन्न भएको थियो भने नगर प्रमुख राईले कन्सलटेन्सीलाई सफलताको शुभकामना दिनुभयो।