पाथिभरा एड्भरटाइजिगंको सातौ वार्षिक उत्सव सम्पन्न

इटहरी । विज्ञापनका साथै रोजगारीका क्षेत्रमा इटहरीमा रहेर महत्वपुर्ण योगदान गर्दै आएको पाथिभरा एड्भटाइजिगंकाे सातौं  तथा पाथिभरा जबलिकंकाे दोस्रो वार्षिक उत्सव  एक विशेष कार्यक्रमको आयोजना गरि  मनाएको छ ।

पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा पाथिभरा एड्भटाइजिगं प्रालिका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा सातौं वार्षिक उत्सव मनाइएको हो ।

रोजगारीको अवसरहरु खोजी गरेर युवाहरुलाई रोजगारीमा जोडने काम गर्ने कम्पनीहरु काठमाडौंमा मात्र सिमित हुनु नहुने भन्दै पाथिभराले गरेको योगदान देश विकासमा महत्वपुर्ण रहेको कार्यक्रमका प्रमुख अतिथी पुर्व अर्थमन्त्री कार्कीले वताए ।

कार्यक्रमका अतिथीहरुले विज्ञापनलाई व्यवस्थित बनाउने कायमा एड्भाटाइजिगं कम्पनीहरुले महत्वपुर्ण योगदान गर्दै आएको साथै जब लिकंका माध्यमबाट धेरै युवाहरुले रोजगारीको अवसर पाइरहेको वताउदै पुर्व क्षेत्रमा पाथिभरा एड्भटाइजिगं तथा पाथिभराजब लिकं इटहरीले विज्ञापन तथा रोजगारीका क्षेत्रमा त्यसै महत्वपुर्ण योगदान गरेको चर्चा गरे ।

कार्यक्रममा विशिष्ट अतिथीद्धय नेपाल विज्ञापन महासंघका महासचिव कृष्ण घिमीरे,नेपाल बोड कास्टिगं एशोसिएनका अध्यक्ष चन्द्र न्यौपाने , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल,प्रेस संगठन प्रदेश १ इन्चार्ज  राजन केडी लगायतले बोलेका थिए ।

कार्यक्रममा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली , इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणीराम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । पाथिभरा जब लिकंले छोटो समयमै धेरै जनालाई रोजगारी प्रदान गर्न सफल भएको छ ।