सुन्दरहरैचामा सवारी दुर्घटनामा परि ४ जना घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाको पुर्वपश्चिम लोकमार्ग स्थित सलकपुर र केराबारी-खोर्साने सडक खण्डमा सोमबार सवारी दुर्घटना हुदा चार जना घाइते भएका छन ।

सुन्दरहरैचा नगरपालिका ८ स्थित सलकपुरमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर हुदा एक जना घाइते भएका छन ।

सलकपुर स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नं.१-०२-००१ क ३८९१ नं.को ट्रकलाई सोही दिशाबाट आउदै गरेको को ३० प ५८५२ नं. को मोटरसाइकले पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन ।

सामान्य घाइते बेलबारी नगरपालिका वडा नं १ बस्ने वर्ष ३४ को सेवन्तराज भण्डारीलाई उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुन्दरहरैचा नगरपालिका १० स्थित केराबारी खोर्साने सडक खण्डमा उतरबाट दक्षिण तर्फ आउदै गरेको प्रदेश नं १-०२-०४१ प ६२५९ नं को स्कुटर र विपरित दिशा तर्फबाट आउदै गरेको प्रदेश नं १-०२-०४१ प ६२१८ नं. को मोटरसाइकल एक आपसमा ठक्कर हुदा ३ जना घाइते भएका छन ।

घाइते हुनेमा मोसा चालक पथरी शिनिश्चरे नगरपालिका वडा नं १ बस्ने वर्ष २८ का मोटरसाइकल चालक दिपेश गुरुङ, स्कुटरमा पछाडी सवार केराबारी गाउपालिका वडा नं ८ बस्ने वर्ष ३० कि मुना गुरुङ र स्कुटर चालक केराबारी गाउपालिका १० बस्ने वर्ष ३७ का मन्दिप राई रहेका छन ।

घाइते तीन जनालाई नै सुन्दरहरैचा नगरपालिका वडा नं १० स्थित सुकुना सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।