वर्ल्डलिंकले बिराटनगरमा खोल्यो आफ्नो नयाँ ग्राहक सेवा केन्द्र

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्स् लिमिटेडले नेपालको ऐतिहासिक तथा औद्योगिक नगरी बिराटनगरको पुस्पलाल चोकमा आफ्नो नयाँ ग्राहक सेवा केन्द्रको सुभारम्भ गरेको छ।

यस ग्राहक सेवा केन्द्रको आज मंगलबार सुभारम्भ गर्दै कम्पनीका पुर्वान्चल क्षेत्रीय प्रमुख शंकर राज शिवाकोटी ले बिराटनगरको उत्तरी भेग र आसपासका क्षेत्रहरुका ग्राहकहरुलाई वहाँहरुकै नजीक रहेर आफ्नो सेवा तथा ग्राहक संगको सम्बन्धलाई अझ प्रगाढ र बिस्वसिलो बनाउने बताए ।

हाल यस कम्पनीले ग्राहकको माग र आवश्यकता अनुसार १० Mbps देखि १०० Mbps सम्मको इन्टरनेटका साथमा नेटटिवी लगाएतका अतिरिक्त सेवा उपलव्ध गराईरहेको छ ।

शिवाकोटीले २.४ GHz को वाईफाईमा ब्याण्ड को सिमितता तथा हरेक घर र कोठाहरुमा रहेका वाईफाई संकेत हरुको आपसी इन्टरफेरेन्स ले गर्दा FTTH प्रबिधि मार्फत आफुहरुले प्रदान गरेको उच्च गतिको सेवाको अनुभब कुनै कुनै बेला ग्राहकहरुले सोचे जस्तो नहुन सक्दछ ।

त्यसको लागि ग्राहकको घरमा राखेको वाईफाई राउटरलाई उचित तथा खुल्ला स्थानमा राखेमा, धेरै कोठा तथा तल्लामा चलाउनु परेमा अतिरक्त वाईफाई राउटर राखेमा तथा ग्राहक को मोबाईल तथा ल्यापटप मा ५ GHz सपोर्ट गर्दछ भने ५ GHz डुअल ब्याण्ड को वाईफाई राउटर राखेर सेवा प्रदायकले प्रदान गरेको गतिमा हमेसा इन्टरनेट चलाउन सकिने कुरा समेत सो अवसर मा प्रमुख सिवाकोटी ले बताए ।

यस कम्पनीको देश भर गरेर हाल झन्डै पाँच लाख ग्राहक रहेका छन ।