ईलाममा अटो दुर्घटना हुदा चालकको मृत्यु

ईलाम । ईलाम नगरपालिका-७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटो चालक इलाम-९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन । हिजो बेलुका साढे ८ बजे मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुदा सुन्दास गम्भीर घाईते भएका थिए ।

गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ बिराटनगर तर्फ लैजादै गर्दा राती ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।