सुन्दरहरैचा उवा संघ: राती राती बैठक सेटिङमा निर्णय ।। ठुला बडाकै हुकुम

सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघको आगामी निर्वाचनको मिति तय अझै सम्म भएको छैन । लामो समय अघि देखि निर्वाचन गर्ने भनिएता पनि अझै सम्म चुनावी मिति तय गर्न संघले सकिरहेको छैन।

संघका एक सदस्यका अनुसार संघले पुर्व अध्यक्षको हुकुमका आधारमा केही दिन अघि एक पुर्व अध्यक्षको घरमा बसेर गरिएको निर्णयलाई नै सहमतीमा ल्याउने निर्णय भएको बताए । एक पुर्व अध्यक्षको घरमा केही दिन अघि गोलाप्रथाको माध्यमबाट टीका कट्टेललाई अध्यक्ष बनाउने सहमती भएको थियो ।

सिमित कोठामा बसेर केही व्यक्तीहरुले गरेको गोलाप्रथा नमान्ने अध्यक्षका उम्मेदवार कृष्ण रिजालले बताएका छन । तर हिजो राती विराटचौक स्थित सार्वजनिक शौचाललयको सभाहलमा संघका केही पदाधिकारीहरु सगको बैठकमा संघमा आबद्द भएका व्यक्तीहरुले जबरजस्ती टीका कट्टेलको नाममा सहमती गर्न संघका पदाधिकारीहरुलाई दबाब दिएको बैठकमा सहभागी एक जना पदाधिकारीले बताए ।

संघका अधिकांश पदाधिकारीहरु निर्वाचन प्रकृयाबाट अघि बढ्ने बताइरहेको बेला केही व्यक्तीहरुले जबरजस्ती व्यवसाय नगर्ने व्यक्तीलाई नेतृत्वमा ल्याउन खोजिरहेका छन । कृष्ण रिजाल लामो समय देखि व्यवसाय गरिरहेका व्यक्ती हुन । उनी मात्र हैनन उनले नेतृत्व गरिरहेका र उनले ल्याउन खोजेको संघको नेतृत्वमा व्यवसाय गरिरहेका व्यक्ती छन । तर टीका कट्टेल ले नेतृत्व गर्ने संघको उम्मेदवार पदाधिकारी अहिले सम्म सार्वजनिक भएको छैन । केही सिमित व्यक्तीले संघको विधान नै संशोधन गरेर व्यवसाय नगर्ने व्यक्तीहरुलाई व्यवसायको नेतृत्वमा ल्याउन खोजेका छन ।

व्यवसायीहरुले पनि व्यवसाय गर्ने व्यक्ती नै संघको नेतृत्वमा आउनु पर्ने बताइरहेका छन तर के कति कारणले संघ व्यक्ती वादी भएको व्यवसाय गर्ने व्यक्तीहरुले नै बुझी रहेका छैनन ।