मोरङमा ज्वाईले गरे सासुको हत्या

विराटनगर । मोरङको जहदा–१ धुनिटोलमा आफ्नै ज्वाँईले दाउ प्रहार गरेर गम्भीर घाइते भएकी सासुको मृत्यु भएको छ । घरायसी विवादका क्रममा बुधबार बिहान ६ः३० बजे दाउले टाउकोमा प्रहार गरेर गम्भीर घाइते महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार ५५ वर्षीया जोसनीदेवी सरबरियालाई झापा गौरिगञ्ज–९ का कनु भनिने प्रेमलाल सरबरियाले आक्रमण गरेर गम्भीर घाइते बनाएका हुन् ।

घाइते सासु जोसनीदेवीलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । तर, उपचार संभव नभएपछि नोबेल मेडिकल टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । घटनामा संलग्न ज्वाँईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ ।