भुटानी शरणार्थी र नेपाली समुदाय विचको प्रेम झल्काउने नन्दुको ‘सँगसँगै कान्छी गिती फिल्मःयुट्युवमा


अभिनेता दयाहाङ राई र नग्मा श्रेष्ठद्वारा अभिनित म्युजिकल फिल्म ‘सँगसँगै कान्छी‘ युट्युव मार्फत् सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।
पूर्वी नेपालमा रहेका भूटानी शरणार्थी शिविरसँग जोडिएको नेपाली समाजको कथालाई समेटेर तयार पारिएको कथाबस्तु समेटिएको भिडियो गितमा गायक नन्दु गुरुङको आवज रहेको छ ।
जमर्को इन्टरटोमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा भुटानी शिविर र बाहिरी बस्तीका युवा युवतीको प्रेमिल कथालाइ प्रस्तुत गरिएको छ ।
संगीतको क्षेत्रमा म्युजिक भिडियो भन्दा केही फरकपन दिने हेतुका साथ सो म्युजिकल सर्ट फिल्म तयार पारिएको निर्माण पक्षले पथरीको मनोहर पार्कमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा जनाएको छ ।
पथरी शनिश्चरे १० मा अवस्थित शिविरमा छायांकन गरिएको सो गीतमा अनिल धिरुलको शव्द र देव गुरुङको संगीत रहेको छ । सो भिडियोलाई रंगकर्मी जीवन बरालले निर्देशन गरेका हुन् भने कलाकार सरोज तिम्सिनाले सहायक निर्देशकको भूमिका निभाएका छन् ।
भिडियोलाई भूपेन्द्र तुम्वाहाम्फेले खिचेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।