नोबेलमा बिएस्सी नर्सिङ्गको नतिजा सत प्रतिशत


विराटनगरस्थित नोवेल मेडिकल कलेजले बिएस्सी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउँन सफल भएको छ । चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष बिएसी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउँन सफल भएको हो ।
नोबेलमा बिएस्सी नर्सिङ्ग चौथो बर्षमा २० जना विद्यार्थी अध्ययनरत थिए । उनीहरु सबैजना उत्रीर्ण भएको नोबेल मेडिकल कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौलाले जानकारी दिए । गत महिना प्रकाशित नतिजामा पनि नोबेलले बिडिएस प्रथम र दोस्रो बर्षमा सत प्रतिशत नतिजा ल्याएको थियो ।
नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।