स्वर्गीय परिवारजनको स्मृतिमा बिद्यालयमा गेट निर्माण

बेलबारी ११ लक्ष्मिमार्ग स्थित एक परिवारले आफ्ना दिवङगत सदस्यको स्मृतिमा लक्ष्मी माविमा मुल गेट निर्माण गरिदिएको छ ।आफ्ना पति नरबहादुर खड्का र छोरा प्रेम खड्काको स्मृतिमा निर्मित गेट निर्माण सम्पन्न भएको प्रमाणपत्र निर्माणकर्ता मनमाया खड्काले सोमबार आयोजित कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गोविन्द भन्डारीलाई प्रदान गर्नु भएको थियो । सो गेट मनमाया सहित उहाँका छोरा राजक र छोरी रिता समेतले संयुक्त रुपमा निर्माण गरिदिनु भएको हो । गेट निर्माणको लागत ५७ हजार रुपैयाँ रहेको बिद्यालयका सुचना अधिकारी भुवन कार्कीले जानकारी दिनुभयो । सो परिवारको तर्फबाट स्थानिय विशाल केसिले गेट निर्माण कार्यमा सहजीकरण गर्नु भएको थियो । प्रधानाध्यापक भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रम शिक्षक धनजित पराजुलीले संचालन गर्नुभएको थियो ।