अध्यक्ष पदको उम्मेदवार छाड्नुपरे सिस्टमबाट मात्र छाड्छु: कृष्ण रिजाल

सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघको आगामी अध्यक्ष पदको उम्मेदवार कृष्ण रिजालले सिस्टमबाट मात्र अध्यक्ष पद छाड्ने बताएका छन । निरन्तर खबर सग कुरा गर्दै रिजालले अहिले बजारमा आएको हल्ला गोलाप्रथाबाट टीका कट्टेल अध्यक्ष भएको भन्ने कुरा सत्य हो भने आफुलाई त्यो निर्णय मान्य नहुने बताएका छन ।

उनी भन्छन अध्यक्ष पदको उम्मेदवार म र टीका कट्टेल हो । तर गोला प्रथा गर्ने विषयमा म उपस्थिती छैन र मेरो सहमत छैन । म आम व्यवसायीको मतको आधारमा अध्य्क्ष हुन चाहान्छु ।

“संघ व्यवसायीको सगठन हो त्यसैले व्यवसाय गरि राख्ने, व्यवसायीको मर्म बुझ्ने मन्छे संघको नेतृत्वमा आउनु पर्ने मेरो धारणा हो ।” रिजाल भन्छन ।

आम व्यवसायीले अहिले निर्वाचन चाहिँ राखेका छन त्यसैले मेरो धारणा निर्वाचन बाटै अघि बढ्नु पर्छ भन्ने हो । कोहि व्यक्ती सिमित एउटा कोठामा बसेर उम्मेदवारलाई जानकारी नगराई गरिएको निर्णय आफुलाई मान्य नहुने उनी बताउछन ।

केही समय अघि रातको समय एक पुर्व अध्यक्षको घरमा संघको आगामी नेतृत्वको लागी अध्यक्ष पदको लागि गोलाप्रथा गरिएको घटना सार्वजनिक भएको थियो । तर अहिले सम्म संघले उक्त घटनालाई आधिकारिक घोषणा गरेको छैन ।

उक्त त्यो दिनको घटनालाई आम व्यवसायीले विरोध गरिरहेका छन । रिजाल निर्वाचन बाटै आफू व्यवसायीको मत लिएर अघि बढ्ने भन्दै व्यवसायी सग भोट माग्दै समेत हिडि सकेका छन । तर उनका प्रतिस्पर्धामा रहेका टीका कट्टेल सहमतिको आधारमा अघि बढ्ने भन्दै विभिन्न पुर्व अध्यक्ष साथै पदाधिकारीको घर दैलोमा मात्र सिमित रहेका छन ।

आम व्यवसायी निर्वाचन प्रक्रिया बाटै एक व्यवसायीलाई अध्यक्ष चुन्ने बताईरहदा टीका कट्टेल भने निर्वाचन बाट भाग्दै विभिन्न पुर्व अध्यक्ष साथै पदाधिकारीहरुको शरणमा पुग्दै आएका छन ।