अति विपन्न परिवारहरुको लागि सहारा बन्दै पाथिभरा महिला समाज

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पाथिभरा महिला समाज अति विपन्न परिवारहरुको लागि सहारा बन्दै आएको छ ।

आइतबार देखि उक्त महिला समाजले नगरका विभिन्न वडाहरुमा रहेका अति विपन्न परिवारहरुलाई आथिक, खाधान्न साथै लताकपडा वितरण गर्न शुरु गरेको छ ।

समाजमा अझै ओझेलमा परेका अति विपन्न परिवार छन जुन राज्य सग पहुच पुर्याउन सकिरहेका छैनन । जसको सहारा पाथिभरा महिला समाज बन्ने महिला समाजकी अध्यक्ष कल्पना दाहालले बताइन ।

आइतबार उक्त महिला समाजले सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको एक अति विपन्न परिवारलाई घर निर्माण गर्न चाहिने सामाग्री, खाधान्न, लता कपडा र केही आर्थिक सहयोग उपलब्ध गराएको सस्थाकी उपाध्यक्ष सुनिता ढकाल पोखरेलले बताइन ।

उक्त सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिका वडा नं १० का वडाध्यक्ष राजेन्द्र बहादुर थापाले नगरले अति विपन्न परिवारहरुलाई घर निर्माण गर्न जस्तापाता सहयोग गरेको तर निर्माण गर्न आर्थिक अभावले कति पय परिवारले त्यतिकै रहेको बताएका थिए । उनले अति विपन्न परिवारहरुको लागि राज्यले समेत उचित व्यवस्था गर्न नसकेको बताए ।