सुकुम्वासीको धनिपूर्जा आउने कुरामा कांग्रेसमा आशंका

पथरी, सुकुम्वासीले धनिपुर्जा पाउने कुरामा नेपाली काग्रेस पथरी शनिश्चरेले आशका व्यक्त गरेको छ ।
पछिल्लो समयको राजनैतिक खिचातानीले सुकुम्बासीले लालपूर्जा पाउने कुरामा आशंका उब्जिएको भन्दै नेपाली कांग्रेस मोरङ पथरी शनिश्चरेले नगरमा आइतवार ज्ञापन पत्र बुझाएको हो ।
सरकार आफैँ संसद बिघटन गर्ने अनि काम चलाउ सरकारले धमाधम नियुक्ती गर्दै काम अगाडी बढाउदा पुर्जा वितरण गर्ने कुरामा आशंका रहेको नगर सभापती टेक बहादुर थापाले बताए ।
आइतबार थापाको नेतृत्वमा नगरपालिका पुगेका नेताहरुले सुकुम्बासी समस्या समाधान हुनेकुरामा अझैपनि शांका गर्ने प्रयाप्त ठाउँ रहेको बताए ।
नगर देखि वडा तहसम्म सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि बनाइएको समितिमा समेत राष्ट्रिय राजनीतिमा रहेका पाटिलाई बेवास्ता गरेको धनकुमार तामाङले बताए । तोएिको मापदण्डमा समिति नबनाएर नेकपाले आफ्नो बल मिचियाइँ गरेको तामाङको भनाइ छ ।
देशमै सबैभन्दा ठुलो र जटिल समस्याका रुपमा रहेको यस क्षेत्रको भूमी सम्बन्धी समस्या समाधान गर्न सबैको सहकार्य नभए असम्भव हुने सहभागीहरुले बताए ।
कांग्रेसले यसअघि पनि विभिन्न विषयहरुमा बुझाएका ज्ञापन पत्रको वेवास्ता गरेको नगरसचिव दुर्गा प्रसाद भट्टराईले बताए ।
नगरदेखि वडासम्म समिति बनाउदा सर्वदलीय रुपमा, सबैको सहकार्यमा र आयोगले तोकेबमोजिम गर्न नगर कांग्रेसले माग गरेको हो । ऐलानी जग्गाको मात्रै नापी नगरेर दोहोरो स्वामित्वमा रहेको मुख्य समस्या भएको भन्दै सो विषयमा पनि गम्भिर हुन कांग्रेसले सुझाएको छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख दिलिप कुमार राईले आयोगको ढाँचा अनुसार नै कार्य अगाडी बढाएको बताउनुभयो ।
आयोगले तोकेअनुसारको काम नगरले गर्ने तर सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई पूर्जा दिने काम सरकारको भएको बताए । दोहोरो स्वामित्वमा भएकाहरुको व्यवस्थापन लगायतका सबै विषयमा सरकारले नै कार्य गर्नुपर्ने राईको भनाइ थियो । आयोगले अहिले नगरका सबै वडाहरुमा लगत संकलन कार्य गरिरहेको छ ।