सुन्दरहरैचा उवा संघमा अध्यक्षको मनपरी

सुन्दरहरैचा । पछिल्लो समय सुन्दरहरैचा उधोग वाणिज्य संघ संघका अध्यक्ष नवराज चापागाईका कारण विवादमा आउदै गरेको छ । संघको निर्वाचनलाई लिएर अहिले विभिन्न टीका टिप्पणी हुँदै आएको छ ।

संघका पछिल्ला घटनाक्रममा अध्यक्ष गैह्रजिम्मेवार तरिकाबाट प्रस्तुत हुदा विवादमा आउन थालेको व्यवसायीहरुले बताउदै आएका छन । पछिल्लो समय संघको चुनावी माहोल तातिदै गर्दा संघका अध्यक्ष चापागाई आफै रात्रीकालिन समयमा संघका पदाधिकारीको निर्णय भन्दा फरक शैलीमा विभिन्न व्यक्तीको घरमा पुग्न थालेका छन ।

कति पय व्यवसायीले चापागाईले संघलाई गोजीको सस्था बनाउन थालेको आरोप अहिले उनलाई लाग्दै आएको छ । केही समय अघि संघको निर्वाचन सम्बन्धी छलफल गर्न पदाधिकारीहरु बिच बैठक नै नगरी उनी संघका एक पुर्व अध्यक्षको घरमा गएको आरोप लागेको छ । उनले संघमा निर्वाचनबाट अध्यक्ष पद टुंगो लगाउने बहुमत हुदा हुँदै आफ्नो मनखुशीले गोलाप्रथाबाट अध्यक्ष पद टंगो लगाउने सहमती गरेको घटना बाहिर सार्वजनिक भएको छ ।

तर अहिले सम्म संघका अध्यक्ष चापागाईले उक्त घटनालाई सस्थाको तर्फबाट आधिकारिक जनाकारी गराएका छैनन ।

संघको भवन सुन्दरहरैचा नगरपालिका वडा नं १० मा दुई तलाको छ । विभिन्न संघ सस्थाको विभिन्न कार्यक्रम हुने उक्त स्थान तर संघको आफ्नै बैठक भने उक्त सस्थामा हुन सकेन । त्यसो त संघको धेरै जसो साधारण सभा फजुल खर्च गरेर अन्य सभाहलमा गरिदै आएको छ ।

सुन्दरहरैचा कहिले बन्द नहुने क्षेत्र विगत केही वर्ष अघि देखि नै भएको थियो । केही दिन अघि प्रचण्ड-माधव सामुहले आह्वान गरेको आमहडतालमा यहाका व्यवसायीहरु बन्द गर्ने वा खोल्ने दोधारमा थिए । तर व्यवसायीहरु दोधारमा हुदा समेत अध्यक्ष चापागाई मौन बसे । अन्तत संघका सचिव नारायण कार्कीले एक विज्ञप्ति सार्वजनिक गरेर व्यवसायीहरुलाई हौसला दिदै व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

कार्कीको यो प्रस्तुतीले उनी व्यवसायीहरु माझ बलियो बने । संघमा अबको नेतृत्वको लागि अध्यक्ष पदमा कृष्ण रिजाल र टीका कट्टेलको दाबी हुँदै आएको छ । कृष्ण रिजाललाई आम व्यवसायीले रुचाएका छन । उनी लामो समय देखि विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी नै हुन । अहिले व्यवसायीहरुले संघको अध्यक्षमा व्यवसाय गर्ने व्यवसायी नै आउनु पर्ने आवाज उठाउदै आएका छन ।

यता अर्का अध्यक्षका उम्मेदवार टीका कट्टेल व्यवसायीक फर्म मात्र दर्ता गरि व्यवसाय नगरी बसेको आरोप छ । उनी संघमा नेतृत्व र राजनिती गर्न मात्र फर्म दर्ता गरेर बसेको आरोप उनलाई लागेको छ । उनी सुन्दरहरैचा क्षेत्रमा स्थापना भएको एक सहकारीका अध्यक्ष हुन । व्यवसाय नै नगर्ने व्यक्ती संघको नेतृत्वमा आउन नहुने आम व्यवसायीको आवाज छ ।

त्यसो त केही दिन अघि गरिएको गोला प्रथा पनि वैधानिक र विधान अनुरुप नभएको आरोप लागेको छ । यदि दुई उम्मेदवार हुदा र संघले सहमतिको आधारमा गोलाप्रथा गर्दा दुवै उम्मेदवारलाई सघै राखेर गोला प्रथा गरिनुपर्दछ तर केही दिन अघि गरिएको गोलाप्रथा नेकपाका सुन्दरहरैचा नगर कमिटी संयोजक केदार गुरागाईले गरेको घटना सार्वजनिक भएको छ ।

आम व्यवसायीको आवाज निर्वाचन प्रकृयाबाट नै अध्यक्ष सहितको अन्य पदको टुंगो लगाउनु पर्ने बहुमत रहदै आएको छ ।