सुन्दरहरैँचामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैँचामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–००१ ख १९७६ नम्बरको मिनी ट्रकले सडक पार गर्दै गरेको प्र १–०२–०४० प ७४६९ नम्बरको स्कुटरलाई राति ८ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–१० का ३५ वर्षीय अजय लिम्बूको मृत्यु भएको छ । लिम्बूको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालक मोरङको बेलबारी नगरपालिका–७ का ३७ वर्षीय शिवराज दुलाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।